काठमाडौं– गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्महुनुपूर्वको अवधि हो। गर्भावस्थाको तीन महिनापछि बिस्तारामा दायाँ–बायाँ, फर्कि–फर्कि अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा कम हुन्छ।
अध्ययनका क्रममा समावेश गरिएका २९१ बच्चाहरु मृत जन्मेका थिए भने ७३५ बच्चा स्वस्थ रुपमा जन्मिन सफल भएका थिए। गर्भवती महिलाहरु दिउँसो अथवा राती जतिबेला सुत्दा पनि कम्मरमा जोड नदिई यता–उता फर्किँदै सुत्दै गर्नु अति आवश्यक छ।
शरिरको बल कम्मरमा परेको महसुस भएमा त्यसलाई तनावको विषय नबनाई हल्का रुपमा लिने सुझाव रहेको छ। ब्रिटेनमा २२५ शिशु मृत रुपमा जन्मिने गर्दछन्। शोधकर्ताहरुका अनुसार यदि गर्भवती महिलाहरु दायाँ–बायाँ फर्किदै सुत्दै गरेमा भने यो मृत्युदर घटाएर १३० शिशुको ज्यान जोगाउन सकिने छ।
शोधकर्ताहरुले गर्भावस्थामा कसरी सुत्ने केही टिप्स पनि दिएका छन्। कम्मरको पछाडी सिरानी राखेर सुत्ने गरौं ता कि यताउता फर्किदै सुत्न सहज होस्।
१. दिनमा सुत्दा पनि घरी दायाँ घरी बायाँ फर्केर्दै सुत्दै गर्नुहोस्।
२. राति निद्राबाट बिउँझिदा चेक गरौं कुन पोजिसनमा सुतेको थिँए भनेर।
३. रातमा ब्युझिँदा कम्मरको बलमा सुतेको महसुस भयो भने नआत्तिनुहोस्। दायाँ तथा बायाँ फर्केर सुत्न सक्नुहुन्छ तर पोजिसन भने परिवर्तन गरिरहनुहोस्।