काठमाडौं– बच्चाहरुलाई कहिले र कसरी नुहाउने कुरा आफुले स्वयं तय गर्न सकिन्छ। बच्चालाई नुहाउने समयमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
बच्चा सुत्ने समय भएको बेला नुहाउनु हुँदैन्, बच्चालाई भोक लागेको बेला नुहाउनु हुँदैन्। बच्चालाई धेरै समय लगाएर नुहाएमा चिसो लागेर बिरामी पनि पर्न सक्छ।
कहिले नुहाउने ?
बच्चालाई बिहानको समयमा नुहाउनु सबैभन्दा राम्रो मानिन्छ। बच्चालाई नुहाएर घाममा राख्न सकिन्छ। नवजात शिशुले शरिरको तापक्रम नियन्त्रित गर्न सक्दैन र बच्चालाई चाँडै चिसो लाग्न सक्छ। घाम चर्कदा बच्चालाई नुहाउदा न्यानो हुन्छ र बच्चालाई आरामदायक तरिकाले नुहाइदिन सकिन्छ।
पानीको तापक्रमः
बच्चालाई नुहाउनको लागि पानीको तापक्रम ३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फहरनहाइटको तापक्रम चाहिन्छ।
नुहाउनुभन्दा अघि के गर्ने ?
१. बच्चालाई नुहाउनु भन्दा अगाडि पानी हल्का मनतातो बनाउने।
२. साबुन वा स्याम्पु लगाउन जरुरी हुँदैन्। हप्तामा दुई वा तीन पटक मात्र यसको प्रयोग गर्नुपर्छ।
३. नुहाउनुभन्दा अगाडी बच्चालाई मसाज गर्नुपर्छ। बच्चाको छालामा मोस्चरराइजर लगाउन नबिर्सनुहोस्। जसले गर्दा चिलाउने वा पोल्ने हुँदैन्।
साबुनको प्रयोग गर्नुअघिः
१. बच्चाको साबुन वा स्याम्पुले नुहाउन लागेको हुनुहुन्छ भने छालामा साबुन लगाएर हेर्ने ताकी बच्चालाई एलर्जी वा अन्य प्रकारको नोक्सान हुन्छ कि हुँदैन भनेर थाहा पाउन सकिन्छ। छालामा रातो देखिएमा प्रयोग नगर्ने।
२. ६ महिनाभन्दा कम उमेरको शिशुलाई साबुनले रगडेर पनि नुहाउनु हुँदैन्। साबुनलाई हातमा लगाएर शिशुको छालामा लगाइ दिनुपर्छ।
३. साबुनबाट बास्ना अधिक आउँछ त्यसमा केमिकल धेरै हुन्छ जसले बच्चाको कोमल छालामा नकारात्मक असर गर्छ।
४. बच्चाको छालालाई धेरै रगड्नु हुँदैन्। किनभने बच्चाको छालामा धूलो जमेको हुँदैन् र फोहोर पनि हुँदैन्।