काठमाडौं– कान कम सुनिन थालेको सुरुमा सजिलै थाहा नहुन सक्छ। जति जति कान कम सुनिन थाल्छ, सुन्ने क्षमतामा अझ धेरै कमी आउन थाल्छ। त्यसैले, यस्तो समस्याको सकेसम्म छिटो उपचार गर्नु नै बेस हुन्छ।
लक्षणहरु
१. ठूलो आवाज भएको ठाउँमा सामान्य कुराकानी सुन्नमा समेत कठिनाई महसुस हुनु।
२. कुराकानीका क्रममा बारम्बार ‘के भनेको’ भनेर सोध्नु।
३. फोनको आवाज राम्ररी नसुनिनु।
४. तेज आवाजमा रेडियो वा टिभीको साउण्ड सुन्नु।
५. चराचुरुङ्गीका आवाज सुन्नमा समेत कठिनाई महसुस हुनु।
उपचार विधि
१. कानको जाली विग्रिएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ।
२. नशामा आएको समस्याका कारण सुन्ने क्षमतामा कमी आएमा।
३. कानको सुन्ने क्षमता ठिक छ र कुनै असर परेको छैन भने कानको नियमित जाचको खासै असर पार्दैन।
४. ५० वर्ष कटेपछि कानको नशा कमजोर हुने भएकोले पचास कटेपछि कानको नियमित चेकजाच आवश्यक छ।
कान बचाउने काइदा
१. बच्चा जन्मनासाथ कानको जाँच गराउने।
२. बढी आवाज आउने ठाउँमा काम गर्दै हुनुहुन्छ भने कानमा कपास लगाएर वा इयर प्लग लगाएर यसको बचावट गर्न सकिन्छ।
३. हेडफोन वा हेडससेटको मद्दतले आईप्याड, एमपी ३ प्लेयर ठूलो आवाजमा सुन्नु पनि कानको लागि हानिकारक हुनसक्छ।
४. म्युजिकको भोल्युमलाई मध्यम वा न्युन लेभलमा राखौ। इयर फोनमा लामो समयसम्म गीत सुन्नाले पनि कानको शक्ति कमजोर बनाउनसक्छ।
५. इयर फोन कानको कैनल भित्र छिराएर सुनिन्छ भने हेडफोन बाहिरबाटै लगाइन्छ। यसको तुलनामा हेडसेट कानको लागि सुरक्षित मानिन्छ।