काठमाडौं– गत बुधबार कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चीनबाट फर्किएका ३ नेपालीमा भाइरस संक्रमण नभएको पुष्टि भएको छ।
उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभएको पाइएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।
उनीहरुमा कोरोना भाइरस संक्रमण हुँदाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पताल भर्ना गरे पनि परीक्षणको क्रममा पुष्टि नभएको उनले बताए। उनले भने, ‘संक्रमण पुष्टि नभएपछि उनीहरुलाई डिस्चार्च दिइसकेका छौँ।’