काठमाडौं– औषधी खान कसैलाई पनि मन पर्दैन तर हामीमध्ये यस्ता व्यक्ति पनि छौं जो पानी बिना नै औषधी निल्ने गर्छाैं। यो बानीले रोग निको पार्नुको साटो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ।
पानी बिना औषधी निल्नुको हानीहरु
१. पानी बिना औषधी निल्नुहुन्छ, यसले एसोफ्यागस अर्थात् घाँटीको नलीलाई क्षती पुर्याउँछ।
२. पानी बिना नै औषधी निल्दा गलाको नलीमा जलन महसुस हुन्छ। छाती पोल्ने र दुख्ने समस्या पनि हुनसक्छ।
३. गलाको नली निकै नाजुक टिश्युबाट बनेको हुन्छ। ट्याब्लेट गलाको नलीमा अड्कियो भने गलालाई क्षती पुर्याउन सक्छ। जसका कारण सास फेर्न पनि समस्या हुनसक्छ।
४. पानी बिना नै औषधी निल्नुहुन्छ भने यसले घाँटीको नलीमा अल्सर हुने सम्भावना अत्यधिक हुन्छ। चपाएर खानुपर्ने भिटामिन सीले पनि घाँटीको नलीलाई क्षती पुर्याउन सक्छ।
के गर्ने?
१. औषधी एक गिलास पानीसँग खानुहोस्।
२. कम्तीमा आठ ग्लास पानी पिउनुहोस्। यसले एसोफ्यागसलाई क्षती पुग्दैन।
३. औषधी उभिएर वा बसेर खानुहोस्।