काठमाडौं– इन्डोस्कोपीको अर्थ शरिर भित्रका अंगको परिक्षण गर्नु हो। इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली हालिन्छ जसमा इन्डोस्कोप क्यामरा राखिएको हुन्छ। यो क्यामराले शरिरको आन्तरिक अंगको तस्बिर खिच्ने गर्छ जुन मोनिटरमा देख्न सकिन्छ।
यो प्रक्रियाको क्रममा कुनै रिपोर्ट कुर्नु पर्दैन किनभने समस्या के हो त्यो प्रत्यक्ष स्क्रिनमा देख्न सकिन्छ। शरिरभित्र कुनै समस्या वा संक्रमण हुन्छ विभिन्न लक्षण देखिने गर्छ। त्यसकारण इन्डोस्कोपीको आवश्यक पर्छ।
यस्ता समस्या देखिएमा इन्डोस्कोपी गरिन्छः
१.नाकको समस्या
२. गलाको समस्या
३. खानेकुरा निल्न समस्या भएमा
४. बान्ता गर्दा रगत देखिएमा
५. आन्द्रा सुन्निए वा पीडा हुँदा
६. कब्जियतबाट ग्रसित हुँदा
७. पित्तथैलीमा पत्थरी हुँदा
८. पेटको अल्सर हुँदा
९. गर्भाशयको जाँचका लागि
१०. गम्भीर शल्यक्रिया अघि