काठमाडौं– बिहान उठ्दा मानिसहरू आफ्नाे अनुहार सुन्निएकाे जस्ताे देख्छन्। अनुहार सुन्निएका केहि कारणहरू छन्। त्यस्ता पाँच कारणबारे यहाँ चर्चा गर्याैंः
१. आफ्नो तकिया र खोलसँग एलर्जी हुनसक्छ
तकिया र खोल हेर्दा राम्रो भएर मात्र पुग्दैन। आठदेखि नौ घण्टा सुत्नुहुन्छ त्यसकारण यो सफा हुन अत्यावश्यक छ। यो कुन मटेरियलबाट बनेको छ, त्यसबारे ध्यान दिनुपर्छ। यसको कारण एलर्जी हुनसक्छ।
२. मुन फेसिस
यो एउटा यस्तो अवस्था हो जसमा तपाईंको अनुहार पहिलेको भन्दा ठूलो र सुन्निएको जस्तो लाग्छ। अत्यधिक तनावमा भएका बेला यस्तो हुन्छ। तनावमा कार्टिसोल नामको हर्मोन उत्पादन हुन्छ। यो चाँडै पत्ता लाग्दैन त्यसकारण अनुहार सुन्निन्छ भने अस्पताल जानुहोस्।
३. धेरै नुन खाएको अवस्थामा पनि हुनसक्छ
धेरै नुन खानुभएको छ भने पनि अनुहार सुन्निन्छ। शरिरमा नुनले पानी जम्मा गर्छ जुन बाहिर आउन पाउँदैन। त्यसकारण अनुहार र शरिर सुन्निएको लाग्छ। रातीको समयमा यस्तै खानेकुरा खानुभएको छ भने, हरियो सब्जी इत्यादि खानुहोस्।
४. हावाको एलर्जी
हावाको एलर्जीका कारण पनि अनुहार सुन्निएकाे हुनसक्छ। हावामा धेरै कुरा हुन्छ। धुलो, प्रदुषण इत्यादि। यसकारण आँसु आउँछ, खोकी लाग्छ, रुघा लाग्छ। यी सबैले अनुहार सुन्निन्छ। एलर्जी भएन भने तपाईंको अनुहार पनि नर्मल हुन्छ।
५. हर्मोन
शरिरभित्र हर्मोन परिवर्तन हुन्छ, त्यसको असर अनुहारमा पनि देखिन्छ। महिनावारी सुरु हुनुअघि शरिर सुन्निन्छ। महिनावारी रोकिन लागेका महिलामा यो समस्या धेरै देखिन्छ। महिनावारी समाप्त भइसक्दा पनि अनुहार सुन्निन छोडेको छैन भने अस्पताल जानुहोस्।