काठमाडौं– मुखका अंग तथा तन्तुका कोषको अस्वाभाविक र अनियन्त्रित वृद्धि हुनु मुखको क्यान्सर–अर्बुदरोग हो। मुखको क्यान्सर ओठ, जिब्रो, जिब्रोमुनिको भाग, गालाको भित्री भाग र तालुमा घाउ हुने गर्छ।
मुखको क्यान्सर मादक पदार्थ सेवन, सुपारी र गुड्खा सेवनलाई पनि कारण मानिदै आएको छ। दक्षिण पूर्वी एसियामा मुखको क्यान्सरबाट वर्षाैँ हजाराैकाे मृत्यु हुने गरेकाे छ।
यसको कारणः
१. चुरोट,खैनी, बिडी, गुड्खा,सुपारी आदिको सेवन।
२. मादक पदार्थको सेवन।
३. रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा पनि क्यान्सर हुने सम्भावना बढी रहन्छ।
४. पोषणको कमी, चोटपटक, मुखको कम सरसफाइ आदिजस्ता विभिन्न कारणले मुखमा क्यान्सर हुन्छ।
५. वंशाणुगत गुणका कारणले पनि क्यान्सर हुने सम्भावना हुन्छ। यो कम प्रतिशत मात्र हुन्छ।
यसको लक्षणहरुः
१. मुखका अंगहरूमा घाउ देखा पर्नु, निको नहुनु र दुखिरहनु।
२. कान दुख्ने, स्वरमा परिवर्तन हुनेजस्ता समस्या देखा पर्नु।
३. घाँटीमा गिर्खा पलाउने र घाँटी दुख्नेजस्ता समस्या देखिनु।
४. मुख र गिजामा घाउ आई रक्तश्राव हुने, खाना खान अप्ठयारो हुने, विनाकारण दाँत झर्ने हुन्छ।
रोकथामः
१. मुखको क्यान्सर गराउने सूर्तीजन्य पदार्थ, मादक पदार्थ, गुड्खा, सुपारी जस्ता खानेकुराहरु खाना बन्द गर्नुपर्दछ।
२. वंशाणुगत पनि मुख क्यान्सर हुन सक्ने भएको हुँदा परिवारमा कुनै व्यक्तिलाई मुख क्यान्सर भएको छ सबै सदस्यले मुख क्यान्सरको परीक्षण गराउनु पर्दछ।
३. ९० प्रतिशतभन्दा बढी बिरामीले सूर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ।
४. रक्सीले मुख, घाँटी र कलेजोको क्यान्सर गराउँछ। सुर्ती र रक्सी दुवै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना बढी हुने अनुसन्धानले देखाएको छ।