काठमाडौं— युरोपमा गरिएको एक अध्ययनले दाँत सफा गर्ने र हृदयाघात रोक्नेबीच एउटा सम्बन्धको पहिचान गरेकाे छ। युरोपियन सोसाइटी अफ कार्डियोलजीका अनुसन्धानकर्ताकहरूले एक लाख ६१ हजारभन्दा बढी व्यक्तिको मुटुको समस्याको इतिहाससँगै स्वास्थ्य तथ्यांकको जाँच गरेका छन्।
१० वर्षसम्मकाे फलोअप पछि ती मध्ये ३ प्रतिशतमा ‘एट्रियल फिब्रिलेसन (मुटुको अनियमित धड्कन) र करिब ५ प्रतिशतमा हर्ट फेल्योर हुने बताएका छन्। दिनमा तीन पटक वा सो भन्दा बढी टुथ ब्रस गर्नाले एट्रियल फिब्रिलेसनको जोखिम १० प्रतिशत कम र मुटुको असफलताको जोखिम १२ प्रतिशत कम हुन्छ।
पछिल्लो अध्ययनले थाहा पाएको थियो कि, नराम्रो मुखको स्वच्छताले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। यसमा रगतमा ब्याक्टेरिया सामेल हुन्छ जसले शरीरमा सुन्नाइ हुन्छ। यसले मुटुको समस्या जस्तै एट्रियल फिब्रिलेसन र मुटुको असफलताको खतरा बढ्छ।