काठमाडौं– ब्रोङ्काइटिस, न्युमोनिया र टिबी श्वासप्रश्वासका सङ्क्रमणहरु हुन्। बिरामीहरुमा सास फेर्न गाह्रो हुनुका साथै ज्वरो आउने, पहेलो खकार आउने समस्याहरु पनि हुन्छन्।
न्युमोनिया तथा ब्रोन्काइटिस्को समस्या एक्कासी देखा पर्दछ भने क्षयरोगको लक्षण देखा पर्न समय लाग्दछ। एन्टिबायोटिक औषधीले कम गर्न तथा रगत सहितको खकार वा एक्स रे मा देखिएको क्याभिटिज का आधारमा टिबी भएको नभएको पहिचान गर्न सकिन्छ।
फोक्सोका कारण मुटुसम्बन्धी रोगहरुका कारण श्वासप्रश्वासमा समस्या आउन सक्दछ।