काठमाडौं– मोतिविन्दु तथा विभिन्न किसिमको संक्रमणबाट दृष्टि गुमाएकाहरुले आँखा दान गर्ने व्यक्ति नै पाउँदैन थिए। सन् १९९४ मा नेपालमा नेपाल आँखा बैंकको स्थापना भएपछि विभिन्न कारण आँखाको ज्योति गुमाएकाहरुले आँखाको नयाँ नानी पाइरहेका छन्। नेपालमा आँखा दान गर्नेहरुको संख्या पनि बढ्दै गएको छ।
आँखाको नानी मृत्यु पछि कसरी निकालिन्छ?
जो कोही व्यक्तिले आँखा दान गर्न पाउँछन्। आँखा दान गरेपछि आँखाको दृष्टि गुमाएको व्यक्तिमा पत्यारोपण गरिन्छ। आँखाको दान गर्न चाहाने मानिस जीवित रहँदैमा मञ्जुरी पत्र बनाइएको हुन्छ।
मानिस मरेकाे १२ घण्टा सम्मको आँखाको नानी मात्र अर्को व्यक्तिमा पत्यारोपण गर्न मिल्छ। आँखाको नानी १४ दिन सम्म राख्दा मर्दैन।
आँखाको नानी दान कस्तो व्यक्तिले गर्न सक्छन्?
१. एचआइभि, हेपटाइटिस संक्रमित नभएको व्यक्ति
२. रोगको संक्रमण नभएको व्यक्ति
३. सर्पले टोकेर मृत्यु भएका व्यक्तिको आँखाको नानी दान गर्न मिल्दैन
४. विभिन्न रसायनले पोलेर मृत्यु भएका व्यक्तिको आँखा प्रत्यारोपण गर्न मिल्दैन