काठमाडौं– आँखामा एउटा आइलिड ग्रन्थि हुन्छ, जसले आँसु उत्पादन गर्दछ। सो ग्रन्थिमा आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ। जस्ले गर्दा आँसु उत्पादन गर्छ र प्वालबाट आँसु आपूर्ति हुन्छ।
आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुने गर्दछ। यसका साथै नाक लगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्दछ। त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्दछ।
आँसुमा हुने पदार्थ जस्तैः नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्दछ। जस कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ। विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्दछ। यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ।