काठमाडौं– हाम्रो शरिरको सबैभन्दा संवेदनशील अंगमध्ये एक हो, मस्तिष्क। मस्तिष्कलाई हाम्रो मुटुले अक्सिजनसहितको रगत पठाइरहेको हुन्छ जसका कारण हामीले गर्ने सबै क्रियाकलाप नियन्त्रित हुन्छन्।
जब मस्तिष्कमा रगत प्रवाहमा बाधा हुन्छ, त्यो अवस्थालाई मस्तिष्कघात भनिन्छ। मस्तिष्कमा भएका रक्तनलीबाट रक्तस्राव भएको अवस्थालाई पनि मस्तिष्कघात भनिन्छ। मस्तिष्कका नसाहरु सुक्दा, फुट्दा, खुम्चिँदा वा तिनले राम्रोसँग काम नगर्दा मस्तिष्कमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न सक्दैन । यो अवस्थालाई नै मस्तिष्कघात भनिन्छ।
यसको लक्षणहरू
१. गम्भीर रुपमा टाउको दुख्नु,
२. कमजोरी महशुस गर्नु र शरीरको कुनै अंग–जस्तैः पाखुरा वा खुट्टा, शरीरको पूरै दाहिने वा देब्रे भाग चलाउन नसक्नु,
३. बोल्न नसक्नु,
४. दिसा–पिसाबमा नियन्त्रण नहुनु,
यसको रोकथाम कसरी गर्ने ?
– धूमपान, मदिरासेवनलगायत नशालु पदार्थको सेवन नगर्ने
– नियमित व्यायाम गर्ने
– शरीरको तौललाई सन्तुलनमा राख्ने
– तनाव, चिन्ता नलिने
– बढी मसलायुक्त खाना नखाने
– उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल र मुटु सम्बन्धी समस्याको नियमित परीक्षण गर्ने
— चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ।