काठमाडौं– घरमा बच्चाहरु एक आपसमा झगडा गर्दा तपाई के गर्नुहुन्छ ? पक्कै पनि गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला, तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन्।
बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने, त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने चिकित्सकहरु बताउँछन्। बच्चा झगडा गर्छ, रुन्छ, तर त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ। दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेका हुन्छन्।
बालशिक्षाका विशेषज्ञ भन्छन्, ‘बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैँमा नराम्रो हो, तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ।’