काठमाडौं– मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ। कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो।
त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ। यस्तो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ।
स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसहरुको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ। त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि हालै अरु देशमा भने वास्ता गरिएको छैन।