काठमाडौं– खाना खानुअघि होस् वा बाथरुम गएपछि, धेरैले ह्याण्ड स्यानिटाइजर प्रयोग गर्छन्। यसको प्रयोग स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, उत्ति नै घातक पनि छ। स्वास्थ्यमा निम्त्याउने असरबारे जानकारी नहुँदा प्रायः साबुनको सट्टा ह्याण्ड स्यानिटाइजरको प्रयोग रुचाउँछौ।
स्वास्थ्यमा पार्ने असरहरु
१. ट्राइक्लोसान
ट्राइक्लोसान एक केमिकल्स हुन्छ, जसलाई हातले तुरुन्तै सोस्ने गर्छ। यसले मांसपेशी कोर्डिनेशनको लागि जरुरी सेल कम्युनिकेशनमा बाधा पुर्याउँछ। यसको प्रयोगले छाला सुख्खा हुने, बाझोपना तथा मुटु सम्बन्धी रोग लाग्न सक्छ। त्यसैले हात धुनु परेमा सकेसम्म साबुन पानीले हात धुनु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ।
२. बालबालिकाका लागि हानिकारक
ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्दा मिठो बास्नाका कारण बालबालिकाले यसलाई खाने गर्छन्। यसमा मदिराको प्रयोग गरिने हुँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ।
३. इम्युनिटी कम गर्छ
नर्थवेस्र्टनमा गरिएको एक अनुसन्धान अनुसार यसको प्रयोगले बालबालिकाको इम्युनिटी कम हुने गर्छ। बालबालिकाको पिसाबमा इन्फ्लेमेन्टरी तत्व सी रिएक्टिभ प्रोटीन देखा पर्छ, जसले इम्युनिटी कमजोर बनाउँछ। यसको धेरै प्रयोगले ठूलालाई समेत असर पार्छ।
४. छालामा जलन
यसले शरीरमा भएका कीटाणु तथा व्याक्टेरियालाई हटाउँछ। यही तत्वले छालालाई भने असर पार्ने गर्छ। छालामा जलन पैदा गर्दछ।
५. बास्ना विषालु हुनसक्छ
ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्दा मिठो वास्ना आउने गर्छ। स्यानिटाइजरमा फ्याथलेट्स नामक रसायनको प्रयोग गरिएको हुन्छ , जुन आफैंमा हानिकारक छ। यस्ता रसायनलाई लगातार प्रयोग गर्नाले फोक्सो, कलेजो, मिर्गाैला तथा प्रजनन स्वास्थ्यमा असर पर्छ
६. राम्ररी सफा हुँदैन
ह्याण्ड स्यानिटाइजरको प्रयोगले धेरैलाई हात सफा भएको महसुस हुने गर्छ। ह्याण्ड स्यानिटाइजरको प्रयोगले मात्र हातमा टाँसिएको चिल्लो तथा गुलियो पदार्थ निस्कँदैन। यसको प्रयोग गर्नुपूर्व यस्ता कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ।
७. हात सुख्खा बनाउँछ
यसको प्रयोगले छाला सुख्खा बनाउँछ। त्यसैले, स्यानिटाइजर प्रयोग गर्नु पूर्व यसको आवश्यकता पहिचान गर्न जरुरी छ। यसले हातको छाला बिग्रँदैन र हातको सफाइ पनि राम्रोसित हुन्छ।