काठमाडौं– चिसो मौसममा बच्चालाई रुघाखोकी, कफ जम्ने समस्या हुन्छ। बच्चालाई रुघाखोकी, कफ जम्ने समस्या हुन्छ। उनीहरुको छाती घ्यारघ्यार हुनेगर्छ।
के हुन्छ असर ?
स्वास नलीमा तब समस्या हुन्छ, जब सास नलीमा संक्रमण हुने गर्दछ। सास नलीको संक्रमण हुने समस्याबाट प्राय नवजात शिशु तथा कम उमेरका बालबालिका ग्रसित हुने गर्दछन्। सास नलीमा संक्रमण भएमा सास नलीको माथिल्लो भागमा समस्या उत्पन्न हुन्छ।
नाक, मुख तथा घाँटीमा संक्रमणको प्रभाव देखिने गर्छ। यसकै कारण बच्चाहरुले राम्ररी सास लिन सक्दैनन्। सास लिन नसकेको कारण बच्चाहरुको स्वास्थ्य विग्रने गर्छ। कहिलेकाही राम्ररी सास लिन नसकेकै कारण उनीहरुको मृत्यु समेत हुनसक्छ।
कसरी थाहा पाउने?
स्वास फेर्दा निस्कने आवाजलाई ध्यानमा राखेर स्वास प्रस्वास सम्बन्धि समस्या भए, नभएको पत्ता लगाउन सकिन्छ। सास लिने क्रममा बच्चाको छातीमा सिठी बजेजस्तो आवाज आएमा मात्र पनि थाहा पाउन सकिन्छ की उसलाई सास लिनमा समस्या भएको छ।
यदी बच्चाको स्वास नलीमा समस्या भएमा वा अवरोध भएमा नाकलाई राम्ररी सफा गरेर उक्त अवरोध हटाउन सकिन्छ।
१. सास रोकिने
बच्चाहरुले सास फेर्दा छाती घ्यारघ्यार हुने गर्दछ। नाकबाट बाक्लो सिगान समेत बग्ने गर्छ। तर, कतिपय अभिभावकहरुलाई बच्चा किन बेस्सरी रोयो भन्ने समेत ज्ञान हुँदैन। त्यसैले, यस्ता समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्दछ।
२. छाती घ्यारघ्यार हुने
बच्चालाई सास लिदाँ छातीबाट घ्यारघ्यार आउने गर्दछ। छातीमा घ्यारघ्यार हुनु भनेकै छातीमा समस्या हुनु तथा सास लिनमा समस्या हुनु भएकोले तुरुन्तै चिकित्सकसित परार्मश लिन जरुरी छ।
३. कफ जम्ने
बच्चाको छातीमा कफ जम्मा भएमा बच्चालाई रुघाखोकीको समस्या हुने गर्दछ। बच्चाहरुमा हाछिउको समस्या हुने गर्दछ। यस्तो समस्या आउन नदिन बच्चालाई चिसो लाग्नासाथ डाक्टरलाई देखाउन जरुरी छ।