एजेन्सी– प्रायः मानिसहरुको किशोरावस्थामा पिम्पल आउने गर्छ, तर आजभोलि खानपान र प्रदुषणका कारण ३० वर्षका मानिसमा समेत पिम्पलको समस्या देखा पर्ने गरेको छ। विशेषज्ञहरुले यस्ता बानी हटाउन सके पिम्पलको समस्या कम हुने जानकारी दिएका छन्।
खनपिन– धेरै चिल्लो खानेकुरा पनि पिम्पल आउनुको प्रमुख कारण हो। यसले छालामा धेरै चिल्लो बढाउँछ जसकारण पिम्पल आउन थाल्छ। सकेसम्म थोरै चिल्लो खाने गर्नुपर्दछ।
मेकअप– लामो समयसम्म हेभी मेकअप लगाएर राख्ने गर्दा पनि छालाको प्वालहरुमा गम्भीर असर पर्न जान्छ। यसले पिम्पलको समस्या अझ बढाइदिन्छ।
धुँवाधुलो– धुँवाधुलो पिम्पल आउनुको मुख्य कारण हो। यसले छालाको प्वाललाई बन्द गरिदिन्छ र पिम्पल देखा पर्न थाल्छ। त्यसकारण दुषित ठाउँमा हिँड्दा आफ्नो छालाको राम्रो सुरक्षा गर्नुपर्छ। मास्क लगाउने वा स्कार्फले छोपेमा पनि धुलोको असरबाट बच्न सकिन्छ।
चायाँ– कपालमा आउने चिल्लो चायाँ पनि छालामा पुगेर अनुहार र काँधमा पिम्पल आउन सक्छ। त्यसकारण दुईदुई दिनमा कपाल नुहाउने र सफा राख्ने गर्नुपर्छ।
स्क्रब– अनुहार धेरै स्क्रब गर्ने र रगड्ने मानिसको छालाको गुणस्तर कम हुँदै जान्छ। यसले पनि पिम्पलको समस्या निम्त्याउँछ। हप्तामा एकपटक मात्र स्क्रबको प्रयोग गर्नुपर्छ।
जीवनशैली– धेरै मदिरा र चुरोट पिउने अनि व्यायाम कम गर्ने मानिसको छालामा यस्ता बानीले धेरै प्रभाव पारिरहेको हुन्छ। त्यसैले यस्ता पदार्थको सेवन कम गर्नुपर्छ।
मोबाइल– मोबाइलको स्क्रिनमा जम्मा भएका तेल र किटाणुहरु फोनमा कुरा गर्दा हाम्रो गालामा छुन्छन्। यसले पनि पिम्पलको समस्या उत्पन्न गराउँछ।
पिम्पललाई छोइरहने– पिम्पल आइसकेपछि छोइरहने बानी भएकाहरुको त्यसको वरिपरि झन धेरै पिम्पल आउँछन्। यसकारण पिम्पललाई हातले चलाइरहनु हुँदैन।
कम पानी पिउने बानी– छालालाई स्वस्थ राख्न धेरै पानी पिउनुपर्छ। धेरै पानी पिउनाले शरीरका फोहोर बाहिर निस्किन सजिलो हुन्छ अनि पिम्पल आउने समस्या कम हुन्छ। त्यसकारण दिनमा २ देखि ३ लिटर पानी पिउने बानी गर्नुपर्छ।
बढी तनाव– सानोसानो कुरामा पनि धेरै तनाव लिने मानिसहरुमा पिम्पलको समस्या देखा पर्छ। यसले हर्मोनको सन्तुलन बिगारिदिने भएकाले पिम्पलको समस्या बढ्दै जान्छ।