काठमाडौं– रोग अनुसार विशुद्ध रुपमा फलफूल वा तरकारीको मात्र प्रयोग गरी गरिने चिकित्सालाई जुस चिकित्सा भनिन्छ। एक प्रकाशित लेखमा विभिन्न रोगका लागि निम्न जुसबारे यहाँ उल्लेख गरिएको छ।
राेग र फलफुलका जुसहरू
डन्डिफोर आएमा– नासपाती, अंगुर, बयर, गोलभेंडा र काँक्रो।
अम्लपित्त भएमा– अंगुर, सुन्तला, गाजर, मौसम र पालुङ्गोको साग।
एलर्जी भएमा– अंगुर, खुबानी, पालुङ्गोको साग, चुकन्दर र गाजर।
आर्थराइटिस भएमा– भुइँकटहर, कागती, अंगुर, काँक्रो, सकरखण्ड, अमिलो स्याउ, अमिलो र चेरी।
मूत्रथैलीको समस्या भएमा– स्याउ, अजवाइन, कागती, काँक्रो, गाजर र खोले साग।
कब्जियत भएमा– गाजर, स्याउ र पालक।
मधुमेह रोगका लागि- अजवाइन, पालक, गाजर, सलाद र सिट्रल फल।
डिप्रेसन भएमा– गाजर, स्याउ, पालक र सकरखण्ड फल।
थकान लाग्दा– गाजर, कागती, सुन्तला र पालक।
हृदयरोग लागेमा– चुकन्दर, पालक, रातो अंगुर, कागती, काँक्रो र गाजर।
उच्च रक्तचाप– अंगुर, सुन्तला, गाजर र चुकन्दर।
अपच– गाजर, बन्दाकोपी र चुकन्दर।
अनिद्रा– स्याउ, अंगुर, कागती, गाजर र अजवाइन।
मृगौला रोग– स्याउ, सुन्तला, कागती, काँक्रो, अजवाइन, सकरखण्ड र साग।
महिनावारीको समस्या– सकरखण्ड, सलगम, पालक, अंगुर, चेरी र आलुबखडा।
मोटोपन– कागती, सुन्तला, चेरी, भुइँकटहर, मेवा, गोलभेंडा, सकरखण्ड, बन्दाकोपी, पालक र गाजर।