काठमाडौं– भुल्ने तथा लामो समयसम्म स्मरणमा राख्न नसक्ने समस्या धेरैको हुन्छ। शक्ति सबैको एउटै हुँदैन र अरुको भन्दा कम भयो भन्दैमा त्यसलाई रोग नै भनिहाल्न मिल्दैन। कतिपय रोगहरुका कारणले पनि मानिसको स्मरण क्षमता कमजोर बन्दछ।
स्मरणशक्ति सबै मानिसमा समान हुँदैन, तर कोहिमा केही रोगका कारण पनि ह्रास आइरहेको पाईन्छ। हामी दैनिक जीवनमा आइपर्ने स–साना कुरा बिर्सिराखेका हुन्छौँ।
केही कुरा छिट्टै बिर्सने र त्यो लामो समयसम्म स्मरण नहुने धेरै मानिसको समस्या हुन्छ। स्मरणशक्ति सबै मानिसमा समान हुँदैन। तर, केहीमा रोगका कारण पनि स्मरणशक्तिमा ह्रास आइरहेको पाइएको छ। स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ।
स्मरण शक्ति बढाउने उपाएहरू
१. पर्याप्त निद्रा
दिमागलाई अलर्ट राख्न वा चनाखो राखेर स्मरण क्षमता बढाउनका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ।
२. दिमागी कसरत
क्रसवर्ड, पजल्स, चेस, भिडियो गेम जस्ता खेलहरुले दिमागी कसरत हुन्छ।
३. नियमित व्यायाम
नियमित रुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ। यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ।
४. योगा
योगाले मस्तिष्कको शान्ति प्रदान गर्दछ र मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ।
५. स्वस्थ खाना
बदाम, ओखर, हरियो सागपात, ग्रिन टी, डार्क चकलेट तथा खानेकुराहरुको सेवनले स्मरणशक्ति बढाउन सहयोग गर्दछन्।
६. भिजुअलाइज गर्ने
कुनै नाम वा संख्या तथा तथ्यांकहरु छिटै भुल्ने समस्या छ, भने तथ्य वा संख्या तथा नामलाई दृश्य वा कथासँग जोड्नुहोस्। यसरी रमाइलो कुरासँग जोडेर भिजुअलाइज गरेमा लामो समयसम्म सम्झिन सकिन्छ।
७. नयाँ कुरा सिक्नुहोस्
नयाँ कुरा दिनहुँ सिक्ने गर्नाले मस्तिष्क सक्रिय हुन्छ र स्मरणशक्तिमा पनि सुधार हुन्छ।
८. समयतालिका बनाउनुहोस्
समयतालिका बनाएर कामलाई समयमै गर्ने गर्नुपर्छ। कुनैपनि चिजलाई सम्बन्धित ठाउँमा राख्नुपर्छ। यसोगर्दा कुरालाई राम्रोसँग सम्झिन सकिन्छ।