काठमाडौं– वायु प्रदुषण भनेको विभिन्न रासायनिक पदार्थ, धुवाँ, धुलो आदि हावामा मिसिन गई हावा दुषित हुनु हो वा स्वच्छ हावामा विविध कारणहरुले परिवर्तन आई मानव वा कुनै प्राणीको स्वास्थयमा नकारात्मक असर पार्नु हो।
वायु प्रदुषणकै कारण व्यक्तिको मस्तिष्कले सोच्ने क्षमतामा नोक्सान गर्नेे एक अध्ययनले देखाएको छ। साथै वायु प्रदुषणका कारण व्यक्तिको कुनै पनि कुरालाई अनुभुति गर्ने वा क्षमतामा कमजोर बनाउने गर्दछ। उमेरसँगै यसको प्रभाव पनि बढ्दै जान्छ। अझ शिक्षाको स्तर कम भएका व्यक्तिमा वायु प्रदुषणका कारण मस्तिष्कको अनुभुति गर्ने क्षमतामा पर्ने नकारात्मक प्रभाव भयावह देखिएको अनुसन्धानकर्ताले बताएको छ।
प्रदुषणका कारण मस्तिष्कको अनुभुत गर्न सक्ने क्षमतामा पर्ने नकारात्मक प्रभाव पुरुषमा बढी रहेको छ। प्रदुषणका कारण अल्जाइमर तथा अरु प्रकारका डिमेन्सियाको जोखिम पनि बढ्ने पाइएकाे छ। उच्चस्तरको वायु प्रदुषणमा एक वर्षसम्म लगातार बस्नु परेमा सबैको शैक्षिक स्तर कम गर्ने देखिएको अनुसन्धानकर्ताले बताएको छ।
पछिल्लो अनुसन्धान अनुसार वायु प्रदुषण भएका क्षेत्रमा बस्ने बढी उमेरका पुरुषको कगनिशन क्षमतामा निकै नकारात्मक प्रभाव पर्ने देखिएको छ।
के हो कारण ?
वायु प्रदुषण हुँदा वातावरणमा बाहिरी कण (पर्टिकुल म्याटर), नाइट्रोजन डाइअक्साइड वा सल्फर डाइअक्साइड हुन्छ। जसका कारण हृदयरोग, क्यान्सर आदिजस्ता रोग मानिसमा देखापरेको छ। हावामा मिसिएको कण नाक, फोक्सो हुँदै शरीरमा पुग्ने र त्यसबाट रगतमा मिसिन गई अनेक समस्या निम्त्याउने गर्दछ।
कसरी बच्ने ?
–जुन ठाँउमा धेरै मात्रामा प्रदुषण फैलिएको छ, त्यहाँ सकेसम्म नजानुस्, जान कम गर्नुहोस्।
–घरबाहिर निस्किँदा माक्सकाे प्रयोग गर्नुहोस्।
- बिहान मर्निङ वाकमा निस्किँदा सडकमा नजानुहोस्।