काठमाडौं– आफ्नो छाला सुन्दर होस् भन्ने चाहना सबैलाई हुन्छ। यसका लागि हामी अनेक प्रयास गरिराखेका हुन्छौँ। प्रायः जाडोमा विभिन्न समस्याहरू हामिले हाम्राे छालामा देखिने गरेकाे पाउँछाै। त्यसैले जाडाे महिनामा छालामा सर्तकता अपनाउन एकदमै जरूरी हुन्छ।
जाडोमा चिसोले गर्दा नाक रातो हुने, कपालमा अत्याधिक चाया आउने, आँखीभौँमा कत्ला आउने जस्ता समस्याहरु देखा पर्दछन्। यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुने लगायतका समस्या देखिन सक्छन्।
चिकित्साका अनुसार कतिपय अवस्थामा लुतो पनि देखिन्छ। लुतो आउँदा विशेषगरी औँलाका काप र पेटमा राति चिलाउने गर्छ। चिसोको प्रभावले हात खुट्टा सुन्निने, छाला रातो हुने, झम-झमाउने, खुट्टा फुट्ने लगायत समस्या देखिन्छन्।
छालामा हुने समस्याबाट कसरी जोगिने ?
– धेरै तातो र धेरै चिसो पानीले छालालाई असर गर्ने भएकाले नुहाउँदा वा मुख धुँदा मनतातो पानीको प्रयोग गर्नु पर्दछ। साबुनले छालालाई सुख्खा बनाउने भएकाले मोस्चराइज हुने खालको साबुन मात्र प्रयोग गर्नु राम्रो हुन्छ। छालालाई मुलायम राख्नका लागि भिटामिन ‘ई’ भएको क्रिम वा लोसन नियमित प्रयोग गर्नुपर्छ।
– इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउने भएकाले धेरै समयसम्म हिटरको छेउमा नबस्ने, घाममा धेरैबेर नबस्ने, किनकी घामको अत्यधिक रेडिएसनले गर्दा छालाको क्यानसर समेत हुन सक्छ। घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्कनु पर्दछ।
- बाक्लो, न्यानो अनि सफा कपडाको प्रयोग गर्ने, हातखुट्टामा बाक्लो खालको पञ्जा र मोजाको प्रयोग गर्ने, राति सुत्नुभन्दा अगाडि सधैँ फेसवासले मुख धुने र छालामा अन्य समस्या देखापरेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ।