काठमाडौं– हामी गीतको भाकासँग मिल्नेगरी ताली बजाउँछौं। हामी भाकामा रौनक थप्न थाली बजाउँछौं। ताली बजाइरहँदा पैदा हुने उमंगलाई पनि हामीले अनुभूत गरेका छौं।
यसको सम्बन्ध भावनात्मक उत्साह, उमंग र खुसीसँग मात्र छैन। यसले स्वास्थ्यमा पनि फाइदा गर्छ। भजन किर्तनमा ताली बजाउनुको धार्मिक आस्थाको कुरा मात्र होइन, वैज्ञानिक महत्वको कुरा पनि हो।
देशमा प्राचिनकालदेखि नै मठमन्दिर स्थापना गर्ने, देवी देउराली स्थापना गर्ने, भजन किर्तन गर्ने परम्परा चलिआएको छ। ताली बजाउँनुलाई शुभ सूचक मानिन्छ। ताली बजाइरहँदा मनको चिन्ता, तनाव, कुष्ठा हट्छ। मन खुसी र उत्साहित हुन्छ। मन सकारात्मक हुन्छ।
यदि हामी नियमित रुपले ताली बजाउँछौ भने हठयोगको आवश्यक नपर्ने बताइन्छ। हातमा एक्युप्रेशर प्वाइन्ट अत्याधिक हुन्छ।एक्युप्रेसर पद्धतीमा यिनै हत्केलामा दबाइएर कतिपय उपचार गरिन्छ। यस्ता उपचार निकै प्रभावकारी हुने र साइडइफेक्ट पनि नहुने बताइन्छ।
एक्युप्रेशर उपचार विधी प्रभावकारी उपचार विधी हो। हामी ताली बजाउँछौं, हत्केलाको एक्युप्रेशर प्वाइन्टमा राम्रो दबाव पर्छ। यसले हृदयरोग, फोक्सोको रोग जस्ता अन्य थुप्रै रोगबाट मुक्त गराउँछ। यो एक किसिमको व्यायाम हो।
यसले रक्तसंचारमा हुने अवरोधलाई हटाउँछ र रगत शुद्धिकरण गर्छ। स्वास्थ्य र निरोगीका लागि ताली बजाउनु एकदमै फाइदाजनक काम हो। यसले मानसिक शान्ति, उर्जा मिल्छ।