काठमाडौं– पानी शरीरका लागि कति आवश्यक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। अनिवार्य रुपमा दिनमा २ लिटर पानी पिउनुपर्ने डाक्टरहरुले समेत सल्लाह दिन्छन्। तर आवश्यकता भन्दा बढि पानी पिउँदा मानव स्वास्थ्यका लागि असर पुग्न सक्छ।
त्यस माथि पानी कसरी पिउने भन्ने कुराले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। पानी सही तरिकाले नपिएमा यसले शरीरलाई हानी गर्दछ। कसैकसैको उभिएर पानी पिउने बानी हुन्छ, तर के तपाईलाई थाहा छ यसले स्वास्थ्यमा कसरी नकारात्मक असर पुर्याउँछ? उभिएर पानी पिएमा पानीसँग सम्बन्धित विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ।
किड्नी खराब– हामीले उभिएर पानी पिएको बेलामा पानी तेजीका साथ किड्नीले छान्न नपाउँदै भित्र पस्छ। यसकारण पिसाब थैली र रगतमा विकार पदार्थहरु जम्मा हुन्छन् जसले विभिन्न रोगहरु निम्त्याउन सक्छ।
जोर्नीको समस्या– उभिएर पानी पिउदा यसले शरीरका अन्य तरल पदार्थहरुको सन्तुलन बिगार्छ। साथै यसले जोर्नीमा आवश्यक तरल पदार्थको पनि कमी गराउँछ। जसले गर्दा जोर्नी दुख्ने र गाँठो पर्ने जस्ता समस्या उत्पन्न हुन्छन्।
पेटमा असर– जब हामी उभिएर पानी पिउछौँ तब पानी सजिलै र सिधै हाम्रो पेटको खाद्य नलीको अन्त्यमा पुग्छ र तलपट्टीको पेटलाई असर पार्छ। यसले पेटको भित्री पर्खालको आसपासमा भएका अङ्गहरुलाई समेत हानी गर्छ। लामो समयसम्म यस्तो भएमा पाचन प्रक्रिया र मुटुमा समस्या देखा पार्छ।