काठमाडौं– अमिलोपिरो मन नपर्ने मान्छे कमै हुन्छन्। कतिपय स्वास्थ्यका कारण पेट पोल्ने समस्या हुन्छ भन्दै अमिलोपिरो खाँदैनन्। तर पनि यसले जिब्रोका बडहरुलाई सक्रिय बनाउने हुनाले कहिलेकाहिँ अमिलोपिरो खाने गर्नुपर्छ। यसका पनि आफ्नै फाइदाहरु छन् जुन तपाईलाई थाहा छैन होला।
क्यान्सरको रोकथाम
विभिन्न अध्ययनका अनुसार खुसार्नीमा भएको क्यापसाइसीनले क्यान्सरका कोषहरुको विनाश गर्न सक्छ। साथै रुघा लागेका बेलापनि यसले रुघाको भाइरसलाई नियन्त्रण गर्ने हुँदा यसका लागि पनि यो उपयोगी मानिन्छ।
तौल घटाउँछ
विभिन्न अनुसन्धानकर्ताहरुका अुनसार अमिलोपिरो खानेकुराले तपाईको बढ्दो तौल नियन्त्रण गर्न मद्दत गर्छ। विशेषगरी खुर्सानीमा हुने क्यापसाइसीन नामक तत्वको थर्मोजेनिक प्रभावले शरीरको क्यालोरी बढी खर्च गराउने हुनाले तौल सन्तुलित गराउन यसले विशेष भूमिका खेल्न सक्छ।
मुटु स्वस्थ्य राख्छ
खुर्सानीले कार्डियोभास्कुलर खतराबाट जोगाउने हुनाले बिग्रेको कोलेस्ट्रोलले शरीरलाई गर्ने हानि यसले कम गर्न सक्छ। यसका साथै खुर्सानीमा हुने तत्वले मुटुको जलनलाई समेत कम गराउँछ।
रिस घटाउँछ
अमिलोपिरो खानेकुराले सेरेटोनिन नामक हर्मोन उत्पादन गर्ने गर्छ। यो हर्मोनले तनाव हुन बाट जोगाउँछ र रिसलाई कम गर्न मद्दत गर्छ। यससँगै खुर्सानीमा सुन्तला भन्दा सात गुना बढि भिटामिन सी पाइने हुँदा मुखमा घाउ हुनबाट पनि यसले बचाउँछ।
त्यस्तै माइग्रेनलाई कम गराउन समेत यो फाइदाजनक मानिन्छ। शरीरका लागि आवश्यक भिटमिन ए, ई, बेटा क्यारोटिन, फ्लोरिक एसिड, पोटासियम तत्वहरू पाइने भएकाले कहिलेकाहीँ अमिलोपिरो पनि खाने गर्नुपर्छ।