काठमाडौं– गर्भावस्था, हर्मोनको उतार–चढाव र बढ्दो उमेरसँगै स्तनको सौन्दर्य पनि फिका हुँदै जान्छ। झोलिएको, शिथिल, भद्दा वा अस्वभाविक सानो स्तनलाई आकर्षक मानिदैन। जबकी महिलाको सौन्दर्यकै एक हिस्सा हो स्तन, त्यसैले अनाकर्षक स्तनले समग्र सौन्दर्यमा असर गर्छ।
यद्यपि स्तनको सौन्दर्य कायम राख्नको लागि अहिले विभिन्न विधि अपनाउने गरिन्छ। कृतिम तरिकाले पनि स्तन सुडौल बनाउन सकिन्छ। सर्जिकल विकल्प पनि उपलब्ध छ। उन्नत र पुष्ट स्तनका लागि स्वास्थ्य पनि राम्रो हुनुपर्छ। शरीरलाई सहि पोश्चरमा राख्नुपर्छ। पोष्टिक भोजन नियमिन रुपले लिनुपर्छ।
पुरा निन्द्रा लिनुपर्छ, मानसिक रुपले शान्त रहेर खुसी हुने प्रयास गर्नुपर्छ। यसाका साथै हातले गर्ने काम गर्नुपर्छ, जसले स्तनको व्यायाम हुन्छ। स्तनको मसाज गर्नुपर्छ। यसले अविकसित वा सिथिल स्तन पुष्ट बनाउछ। स्तनलाई आकर्षक बनाउनका लागि केहि व्यायाम वा योगासन हुन्छ। त्यस्ता व्यायामलाई विधिपूर्वक अभ्यास गर्नुपर्छ। व्यायाम गर्दा स्पोर्ट्स ब्रा लगाउनुपर्छ।
पुश अप– आफ्नो दुबै हातको बलमा शरीरलाई उठाउने, कुहिना सिधा बनाउने, शरीरलाई भूँइ अर्थात सतहमा सुताउने र हातको बलले उठाउने, यसो गर्दा शरीर, खुट्टाको भाग खुम्चाउनु हुँदैन। पुशअप गर्दा केवल कुहिना मोड्नुपर्छ शरीरको अन्य भाग मोड्नु हुँदैन। शरीरलाई तल लाने र माथि उठाउने अभ्यास गर्नुपर्छ। यस्तो अभ्यास निरन्तर २०–२५ पटक गर्नुपर्छ।
वाल पुशअप– भित्ताबाट करिब डेढदेखि दुई फिटको दुरीमा उभिने। आफ्नो उचाइ अनुसार दुरी कम वा ज्यादा गर्नुपर्छ। दुबै हात सिधा गरेर भित्तामा राख्ने, शरीरलाई भित्तामा झुकाउने र उठाउने अभ्यास गर्ने, यस किसिमको पुशअप ३५ देखि ४० पटक गर्नुपर्छ।
चेस्ट डिप्स– दुबै हातलाई कम्मरभन्दा पछाडि लाने र कुनै कुर्सी वा बेन्चमा लगरे अड्याउने। बसेको पोजिसनमा घुँडालाई थोरै मोड्ने, अब हातको कुहिना मोड्दै शरीरलाई तल र माथि गराउने र यो प्रकारको चेस्ट डिप्स १५ देखि २० पटकसम्म गर्नुपर्छ।
चेस्ट स्कीज– बेन्च वा कुर्सीमा बस्ने, कम्मर सोझो पोजिसनमा राख्ने, दुबै हातले एउटा बल समात्ने र दुबै कुहिना र बल काँधभन्दा माथि उठाउने।
कसरी रोक्ने सिथिलता ?
यसका लागि प्राकृतिक उपाय छ। (योग, व्यायाम, मसाज)
व्यायाम गर्नुअघि स्पोर्टस् ब्रा लगाउनुपर्छ, जसले प्रत्येक जम्प वा स्टेपमा स्तनलाई कसिलो बनाउँछ। पिठ्युको बलले सुत्नुपर्छ, यसले स्तनको मांसपेशीलाई लाई कसिलो बनाइराख्छ। शरीरको मोटोपन घटबढ, हर्मोनल परिवर्तन आदि कारणले स्तन ठूलो वा सानो हुनसक्छ। त्यसैले यस्तो अवस्थामा सहि किसिमको ब्रा लगाउनुपर्छ। अर्थात फिटिङ्स ब्रा लगाउनुपर्छ।
स्तनमा चिसो पानी अर्था बरफले रगड्नुपर्छ, जसले यसलाई सिथिल हुनबाट बचाउँछ। छातीको मांसपेशी लाई बलियो बनाउनुपर्छ। यसका लागि पुशअप राम्रो उपाय हो। नियमित रुपले पुशअप गरौं। सुरुमा धिमा गतिमा र विस्तारै तिव्र गतिमा पुशअप गर्नुपर्छ। उत्तानो परेर सुत्ने। दुबै हातमा डेढदेखि पाँच किलोसम्मको तौल (भार) लिएर उठाउने र राख्ने अभ्यास गर्नुपर्दछ।