काठमाडौं– दादुरा (रुवेला भाईरस) कै कारणवाट हुने एक संक्रामक हो। यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ। दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ।
बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका समस्याहरु हुनका साथै मृत्यु समेत हुन सक्छ। रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ। तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने गर्दछ।
यसका प्रमुख लक्षणहरूः
रुघा खोकीको लक्षण, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि हुन्छ। ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्दछ। रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण पनि देखा पर्दछ।
दादुरा–रुबेला भएमा के के जटिलता हुन सक्छन् ?
दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण र कम्पन हुने गर्दछ। यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ। दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो। दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन।
तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ। यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ। त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेलाको खोप लगाउनु पर्दछ।
कुन कुन अवस्थामा यो खोप दिन हुदैन ?
पहिला दादुरा खोप लगाउँदा गम्भिर प्रकारको असर देखा परेको भएमा, एड्सका लक्षणहरु देखा परेको भएमा, उच्च ज्वरो आएको वा सिकिस्त विरामी भएको बेलामा, प्रतिरोधात्मक शक्ति कम गराउने रोग वा उपचार र औषधीप्रयोग गरिरहेको अवस्था