काठमाडौं– नङले मानव स्वास्थ्यको अवस्था कस्तो छ भनेर इंगित गर्न सक्छ। नङमा सेतो देखिनु, गुलाबी रङको देखिनु वा औँला वरिपरि घाउजस्तो देखिनु केही रोगका लक्षण मानिन्छन्। कलेजो, फोक्सो वा मुटुको समस्या समेत नङबाट पनि थाहा पाउन सकिन्छ।
१. फुस्रो नङ
फुस्रो नङ गम्भीर रोगको लक्षण हुनसक्छ। फुस्रो नङले एनिमिया, हर्ट फेलियर, कलेजो रोग, कुपोषण आदि रोगको संकेत गर्दछ।
२. सेतो नङ
नङको वरिपरि गाढा सेतो देखिएमा कलेजोको समस्या मान्न सकिन्छ, जस्तै हेपाटाइटिस।
३. पहेँलो नङ
पहेलो नङको कारण फंगल इन्फेक्सन हो। इन्फेक्सन बढेको खण्डमा नङ कालो हुनसक्छ र मोटो भएर नङ भाँचिन सक्छ।
४. निलो नङ
शरीरमा अक्सिजनको कमी भएको देखिमा निलोे नङले जनाउँछ। फोक्सोको समस्या जस्तै इफिसेमा भएको पनि हुनसक्छ। मुुटुका समस्या पनि यस प्रकारका नङले बताउन सक्छन्।
५. धर्सा देखिने नङ
नङमा सेतो धर्सा, कुच्चिएकोे देखियो भने सोरोसिस, आरथाइटिसका लक्षणहरु हुन सक्छन्। यस्तो अवस्थामा नङको रङ परिवर्तन हुने, नङको वरिपरिको छाला हल्का रातो र खैरो देखिन्छ।
६. टुक्रेका तथा चिरिएका नङ
टुक्रिरहने नङले थाइरोइडको लक्षण हुन्छ्। फंगल इन्फेक्सन भई नङ पहेँलो हुने अनि टुक्रिने, चिरिने हुन्छ।
७. नङ वरिपरि सुन्निनु
नङ वरिपरि सुन्निएको छ, रातो देखिन्छ र दुखाइ पनि धेरै महसुस हुन्छ भने त्यसले पनि केही समस्या छ भनेर दर्शाउँछ। लुपसको संकेत तथा तन्तुहरुमा गडबड भएको अवस्था हुनसक्छ।
८. कालो रङको धर्का देखिनु
नङमा कालो रङको धर्का देखिएमा यसले गम्भीर रोगको संकेत गरिरहेको हुनसक्छ। छालाको सबैभन्दा डरलाग्दो क्यान्सर ‘मेलानोमा’ ले भएर पनि यस्तो भएको हुनसक्छ।
९. नङ टोकिरहने बानी
नङ टोक्नु सामान्य बानी मात्र नहुन सक्छ। यो अब्सेसिभ कम्पलसिभ डिसअर्डर पनि हुनसक्छ। योे एक प्रकारको मानसिक समस्या हो, जसमा मानिसलाई एउटै काम गरिरहन मन लाग्ने हुन्छ।