काठमाडौं– हिन्दू धर्ममा शंखको महत्वपूर्ण स्थान छ। आयुर्वेदमा शंख निकै लाभदायी मानिन्छ। शंख बजाउनाले मूत्राशय, पेटको तल्लो भाग, छाति र गर्धनको मांसपेशीको अभ्यास हुन्छ।
शंख बजाउनाका फाइदाहरुः
१. फोक्सो
शंख बजाउँदा फोक्सोमा राम्रो व्यायाम हुन्छ। प्रत्येक दिन शंक फुक्दा घाँटी र फोक्सोको रोग लाग्न दिँदैन। यसले मुखको सबै रोग नष्ट हुन्छ। शंख बजाउँदा अनुहार, श्वास प्रणाली, फोक्सोको व्यायाम हुन्छ। शंख बजाउँदा स्मरण शक्ति पनि बढ्छ।
२. छाला र हड्डीको हेरचाह
छाला रोगीहरुका लागि पनि निकै फाइदाजनक छ। शंखमा राती पानी भरेर राख्नुहोस् र बिहान उठेर पानीले आफ्नो छालाको मसाज गर्नुहोस्। पानीले मसाज गर्दा छाला रोग जस्तै एलर्जी, घमौरा, सेतो दागलगायत निको हुन्छन्। शंखमा प्राकृतिक क्याल्सियम, सल्फर र फस्फोरसको भरपुर मात्रा पाइन्छ।शंखमा राखिएको पानीको सेवन गर्दा हड्डी बलियो हुन्छ। यो दाँतका लागि पनि फाइदाजनक हुन्छ।
३. आँखाका लागि गुणकारी
आँखाको समस्या जस्तै सुख्खा आँखा, सुन्निने र आँखाको संक्रमण आदि विभिन्न प्रकारको समस्या शंखमार्फत उपचार गर्दा ठिक हुन्छ। यस्तो समस्या देखिए शंखमा राखिएको पानी हातमा लिनुहोस् आफ्नो आँखा डुबाउनुहोस् र आँखाको नानीलाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुहोस्। यसो गर्दा तपाईंको आँखाको ज्योती बढ्छ।
४. हृदयघातको सम्भावना कम
शंख बजाउँदा फोक्सोको दुषित हावा बाहिर निस्कने गर्दछ जसका कारण शरिरले ऊर्जा पाउँछ। यसका साथै, शंखको ध्वनी लगातार सुन्नु हृदय रोगीका लागि फाइदाजनक हुन्छ। यसको प्रभावले हृदयघातको सम्भावना निकै कम हुन्छ।
५. गुदा र प्रोस्टेटका लागि फाइदाजनक
शंख बजाउँदा गुदाको मांशपेशी बलियो हुन्छ। पायल्स र अन्य स–साना रोगबाट टाढै राख्छ। यसको असर पुरुषको प्रोस्टेट एरियामा पनि हुन्छ। शंख बजाउनेलाई प्रोस्टेट सम्बन्धी रोग लाग्दैन।