एजेन्सी– हाम्रो भान्सामा रहेका यी सेता खानेकुरा हामी दिनहुँ सेवन गर्ने गर्दछौं। तर ती पदार्थले फाइदा गर्नुको साटो स्वास्थ्यलाई हानि पुर्याइरहेको हुन्छ। यस्ता पदार्थहरु नियमित वा अत्यधिक रूपमा प्रयोग गर्दा मानिसलाई मधुमेह, क्यान्सर, उच्च रक्तचापजस्ता समस्या निम्तिने जोखिम हुन्छ।
स्वास्थ्यमा असर पुर्याउने सेता खानेकुराहरू
चिनी– चिनीमा धेरै क्यालोरी त हुन्छ तर आवश्यक पोषण हुँदैन। यसले ‘मेटाबोलिज्म’लाई हानि पुर्याउँछ र क्यान्सर, मधुमेह, मोटोपना, कलेजोको रोगजस्ता समस्या निम्त्याउँछ।।
चामल– प्रशोधन प्रक्रियाका क्रममा चामलको बाहिरी पत्र हट्छ। चामल ‘इन्डोस्पर्म’ का रूपमा मात्रै रहन्छ। यो पत्रमा स्टार्च धेरै मात्रामा रहने हुनाले रगतमा सुगर र ग्लुकोजको मात्रा बढ्छ।
मैदा– मैदाको प्रशोधनको क्रममा यसको ‘इन्डोस्पर्म’लाई जर्म र ब्रानबाट छुट्याइन्छ जुन पाचनको लागि ज्यादै महत्त्वपूर्ण हुन्छ। मैदालाई प्रशोधन गर्ने क्रममा आवश्यक पोषणहरु सबै हराउँछन् र मैदाबाट बनेका खानेकुराले शरीरको पोषणतत्त्व लिन्छ। यसले शरीरमा भिटामिन र मिनरल्सको कमी गर्दछ।
नुन– नुनले शरीरमा पानीको मात्रा कायम गर्छ। धेरै मात्रामा नुन लिँदा शरीरमा ब्लडप्रेसर बढाउँछ। सामान्य नुनमा आयोडिन हुन्छ तर प्रशोधित नुनमा आयोडिन हटाएर फ्लोराइड थपिएको हुन्छ। यो धेरै खाए शरीरमा हानि पुग्छ।