एजेन्सी– सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। यो फूल धेरै प्रजातीको हुन्छ। सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ।हिजोआज सयपत्री फूललाई हाइबे्रड प्रविधिबाट बाह्रै महिना फुलाइन्छ। यो फूल स्वास्थ्यरक्षाका लागि अतिनै उपयोगी मानिन्छ।
सयपत्री फूलका फाइदाहरू
आँखा र छालामा हुने विभिन्न समस्यामा सयपत्रीफूलले औषधिको काम गर्छ भने, सयपत्री फूललाई सुकाएर चियाका रूपमा पनि प्रयोग गर्दा पेटसम्बन्धी विभिन्न रोगहरु जस्तैः ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुन्छ।
सयपत्रीलाई उमालेर पिउनाले रुघाखोकी र ज्वरो ठिक हुन्छ, त्यसैगरी सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार सफा हुनुका साथै अनुहारमा आएका घाउ खटिरा पनि निको हुन्छ।
सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको घाउ बिसेक गर्छ भने, स्तन क्यान्सर भएमा पनि नियमित रूपमा सयपत्री फूल प्रयोग गर्नाले बिस्तारै कम हुँदै जान्छ।