एजेन्सी– आमाबाबुहरु आफ्ना छोराछोरीको स्वास्थ्यको लागि आफ्नो स्वास्थ्यसँग पनि खेलबाड गर्न पछि पर्दैनन्। आफ्ना छोराछोरीको स्वास्थ्य राम्राे बनाउनकाे लागि उनीहरू हरेक काम गर्न तयार हुन्छन्। जब आमाले आफ्नो बच्चाको मसाज गर्छिन। यसले बच्चालाई सुखद अनुभूति दिलाउँछ।
बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ, यसले बच्चाको शारीरिक विकासमा फाइदा गर्छ। यस्ता छन् बच्चालाई मसाजल गर्दा पुग्ने फाइदाहरूः
१. नियमित रुपले बच्चालाई मसाज गरियो भने रोग लाग्ने संभावना कम हुन्छ।
२. नवजात शिशुलाई हरेक दिन राम्ररी मसाज गरिएको हुन्छ, उनीहरु स्वस्थ्य, बलियो हुन्छ। यसले शरीरको विकास पनि हुन्छ।
३. बेवी आयलले मसाज गर्दा बच्चालाई आराम र खुसी मिल्छ। यसका साथै राम्ररी निन्द्रा पनि लाग्छ। उठेको बेला ताजा एवं स्फूर्ति महसुष गर्छन्।
४. मसाजले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ।
५. मसाजले बच्चाकोे पेटमा ग्यास हुनु, निन्द्रा नलाग्नु, पाचन क्रिया कमजोर हुने जस्ता समस्या हट्छ।
मसाज कसरी गर्ने ?
१. मसाज गर्दा जहिले पनि दाहिने खुट्टाबाट सुरु गर्नुपर्छ। शिशुको खुट्टालाई दुबै हातको बिचमा दबाएर रगड्नुपर्छ।
२. मसाज गर्दा दुबै औंलाको रिदम मिल्नुपर्छ।
३. बच्चाको औंलाको पनि मसाज गर्नुपर्छ।
४. मसाज गर्दा हात चिसो हुनुहुँदैन र हल्का ढंगले मसाज गरिदिनुपर्छ।
५. मसाजको समय सफाईको पनि ख्याल राख्नुपर्छ।
६. यदि बच्चाले दुध पिएको छ वा पेट भरिएको छ भने तुरुन्तै मसाज गरिदिनुहुँदैन।
७. तीनचार महिनाको बच्चालाई नुहाइदिनुअघि सबै अंगमा बेबी आयलले मसाज गरिदिनुपर्छ।
८. चिसो मौसममा मसाज गरिसकेपछि तातो पानीले, गर्मीमा सामान्य पानीले र बर्षाको मौसममा मनतातो पानीले नुहाइदिनुपर्छ।