काठमाडौं– सुन्दरतालाई कायम राख्नको लागि कतिपय व्यतिहरु अनेकौ उपाय अपनाउने गर्दछन्। त्यस्तैगरी हातगोडाको सुन्दरता कायम गर्नको लागि पनि हामीले बिशेष ध्यान दिनुपर्ने हुन्छ। प्रायः घाम र धुलोले डढ्ने, फुट्ने भएर हातको सुन्दरता बिग्रिने गर्दछ। त्यसैले अनुहारको तुलनामा हात नराम्रो हुने गर्दछ। यदि हात नराम्राे भएको छ भने अब यी घरेलु उपाय अपनाउनुहोस्ः
गोलभेँडाको रस– गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाएर केहीबेर राम्रोसँग मसाज गर्नुहोस्। यसरी हप्तामा दुईपटक यो काम गरेमा हातको छालाको रंगमा परिवर्तन आउँछ।
आलुको रस– काँचो आलुको रस निकालेर हातमा लगाउनुहोस्, लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिनुहोस्। त्यसपश्चात् सफा पानीले धुनुहोस्, एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात सफा अनि गोरो हुन्छ।
काँचो दूध– हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो मानिन्छ। काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्। केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ।
बेसन– चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्दछ। बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेट पश्चात धुनुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ।