काठमाडौं– स्किनमा टाँसिएका फोहोर, मेकअपमा उतार्नको लागि छालाको सफाइमा प्रत्येक राति राम्रो क्लिन्जरले छाला सफा गर्नुपर्दछ। त्यसपछि टोनर लगाई सुत्नु अघि नाइट क्रिम अनिवार्य लगाउनु पर्दछ।
यदि छाला फुटेको छ भने नाईटमा ग्लिसरिन तथा कागतीको घोललाई छालामा प्रयोग गर्दा चाँडै रिकभर हुनुका साथै नरम पनि हुन्छ। एलोवेरा एवं महयुक्त फेसवासले अनुहार धुनुपर्दछ। त्यसपछि राम्रो स्किन टोनर लगाएर हाई मोइस्चरयुक्त मोइस्चराइजर लगाउनुपर्दछ।
सनब्लकमा भएको मोइस्चराइजर जाडोमा स्किनको आवश्यकता अनुरूप पर्याप्त नहुने भएकाले छुट्टै मोइस्चराइजर प्रयोग गर्नुपर्छ। मोइस्चराइजर लगाएपछि माथिबाट सनब्लक प्रयोग गर्नुपर्छ र ओठको स्याहारका लागि राम्रो ब्रान्डको लिप बाम लगाउनुका साथै मोइस्चराइजरयुक्त लिपिस्टिक लगाउन सकिन्छ।
अल्कोहलयुक्त वा ड्राइ साबुनले शरीर धुँदा सुख्खापनले शरीर चिलाउने, छाला तन्किएजस्तो असहज महसुस हुने भएकाले मोइस्चराइजरयुक्त साबुन वा सोप फ्रि बडी वास प्रयोग गर्नु राम्रो हुन्छ। शरीर पुछ्नेबित्तिकै मोइस्चराइजरयुक्त बडी लोसन पूरै शरीरमा लगाउनुपर्छ। हातखुट्टा बढी सुख्खा छ भने, बडी लोसनका साथै कोल्ड क्रिम प्रयोग गर्न पर्दछ।
हातखुट्टा चिसा हुँदा पनि बढी सुख्खा हुने भएको हुँदा शरीरका साथै हातखुट्टालाई पनि न्यानो राख्नुपर्छ। अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता प्याक लगाउनु पर्दछ। यसका साथै महिना आफ्नो स्किनको प्रकृति तथा उमेरअनुरूप नियमित फेसियल गराउनु आवश्यक हुन्छ।