काठमाडौं – एलर्जी कसरी र किन हुन्छ भन्ने बिषयमा हामी सबैले जान्न आवश्यक छ। किनकि आजभोली हामीले प्रयोग गर्ने औषधी, क्रिम होस् वा लगाउने कपडा नै किन नहोस्, जब हाम्रो शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिकृया देखाउने गर्दछ।
जुन छालामा देखिने गर्दछ, जसलाई हामी एलर्जी भन्ने गर्दछौं। हिजोआज बढ्दो प्रदूषण धुवाधुलोको कारण हाम्रो शरीरका छालाहरुमा नकरात्मक असरहरु देखापरेका छन्। यसलाई हामी छालाको एलर्जी भन्ने गछौं। छाला चिलाएर रातो हुनु, दाग देखिनु एलर्जीका लक्ष्ण हुन्।
यस्ता छन्, एलर्जीका मुख्य कारणहरु
एलर्जीका थुप्रै कारणहरु छन्, जुन औषधीको एलर्जी सबैभन्दा खतरनाक हुन्छ। यस्तो हुदाँ डाक्टरको परामर्शमा उपचार गर्नु आवश्यक हुन्छ।
एलर्जीका लक्ष्यणहरु
सुख्खा खोकी लाग्नु र ज्वरो आएजस्तो हुनु
शरीरमा डावर आउनु
आँखा नाक चिलाउनु, हाच्छ्युँ आउनु
सामान्यतया नाक बन्द हुनु, तर नाक बाट पानी नबग्नु र बारम्बार रुघालाग्नु।
एलर्जीबाट छालालाई कसरी जोगाउने
लगाउने कपडा तथा ओछ्यान सफा राख्ने
घरबाहिर निस्कदा माक्स लगाउने
खानेकुरा वा प्रयोगमा आउने कुनै पनि कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधानी अपनाउनु पर्दछ।