काठमाडौं– आजकल प्रायः मानिसहरु धुम्रपान गर्ने गर्दछन्। त्यमा पनि युवाहरुमा त यो समस्या झनै बढि मात्रामा रहेका छ। युवाका लागी धुम्रपान गर्नु शौख र स्टाइल नै भइसकेको छ। धुम्रपानको लतमा आम मानिस वा युवा मात्र होइन कलाकार, खेलाडी, कर्मचारी सहित स्वास्थ्य क्षेत्रका मानिसहरु पनि रहेका छन्।
तर एक पटक धुम्रपानको लत लागेपछि यसलाई छुटाउन भने निकै कठिन हुने गर्दछ। धुम्रपान नराम्रो हो भनेर जान्दाजान्दै पनि कतिपयलाई यो लत त्याग्न सम्भव भइरहेको छैन्। त्यसकारण धुम्रपानको तलतल हटाउन हामी यहाँ केहि टिप्सहरु दिदैछाैं, त्यसलाई पालना गरेमा धुम्रपान त्याग्न सकिन्छ।
चुइगम चपाउने– यदि तपाईलाई तत्काल चुरोट पिउन मन लागेको छ भने एक दुई वटा चुईंगम मुखमा राखि चपाउन थाल्नुहोस्। यसले तपाईंको मुख व्यस्त पार्नुको साथै चुरोट पिउने ध्यानबाट अलग्याउँछ।
दालचिनी चपाउने– चुरोटको लत बसेकाहरुलाई बारम्बार यसको तलतलले सताउँछ भने, दालचिनीको एक टुक्रा मुखमा राखि चपाउनु लाभदायक हुन्छ। दालचिनीको स्वादले निकोटिन सेवन गर्ने चाहनालाई घटाउँछ।
मह चाट्नुहोस्– एकदमै चुरोट पिउन मन लागेको छ भने एक चम्चा मह चाटेमा यो तलतल बिस्तारै कम हुदैँ जान्छ। साथै महको सेवनले धुम्रपानबाट हुने हानि कम गराउँछ।
प्रशस्त पानी– चुरोटको लत बसेकाहरुले दैनिक अनिवार्य २ लिटरभन्दा बढि पानी पिउने गर्नुपर्छ। यदि शरीरमा प्रसस्त पानी पुगेमा यसले शरीर हाइड्रेट रहनुका साथै शरीरबाट डरलाग्दा टक्सिनलाई समेत बाहिर निकाल्न मद्दत गर्दछ।
अमला चुस्ने– चुरोट पिउन मन लागेको बेला एक टुक्रा अमला चुस्नु निकै उपयोगी हुन्छ। यसका लागी अमलाको टुक्रामा नुन मिसाएर घाममा सुकाउनुपर्छ। अमलामा हुने भिटामिन सिले निकोटिन सेवन गर्ने चाहनालाई कम गर्छ।
बोजोको टुक्रा चपाउने– बोजो एक बहु औषधिय गुण सम्पन्न वनस्पती हो। तसर्थ बोजोको टुक्रा गोजीमा राखि चुरोट सेवन गर्न मन लागेको बेला एक टुक्रा बोजो चपाउँदा चुरोट पिउने चाहना आफैं कम भएर जान्छ।