काठमाडौं– मानिसलाई कुनै न कुनै समयमा केहिले पक्कै पोलेको होला वा पोल्न पनि सक्छ। आगो, तातोपानि, तातो तेल, हिटर, अन्य तातो वस्तुको प्रयोगमा सानो असावधानी हुनासाथ पोल्ने संभावना बढी हुन्छ। यस्तो किसिमको पोलाईले धेरे जलन हुनुका साथै निकै पीडादायक पनि हुन्छ।
त्यसैले पोलेको भागमा पछिसम्म दाग रहने हुन्छ। जलन वा पोलाई अप्रत्यासित दुर्घटना भए पनि यो विशेषतः लापरबाहि र सावधानीको अभावमा हुने गर्दछ। तर दुर्घटना भइसकेपछि पुनः घटना नदोहोरियोस् भनेर तत्काल प्राथमिक उपचार गर्नु आवश्यक हुन्छ।
प्राथमिक उपचारका लागी टिप्सहरू
– आगोले वा तातो पानीले पोलेको छ र छाला छेडिएको वा नष्ट भएको छैन भने तत्काल सफा चिसो पानीमा डुबाउनु पर्दछ र औलामा पोलेको छ र छाला नष्ट भएको छैन भने टमाटर काटेर लगाइ राख्दा पीडा कम हुन्छ। पोले र फोका उठी सकेको छ भने त्यसलाई सकेसम्म फुटाउँनु हुदैन।
– पोलेको छ र छाला नष्ट भई घाउ भएको छ भने सफा नरम कपडाले छोपि तत्काल अस्पताल जानुपर्दछ। आगो, तातोपानि वा तेलले पोलेका पीडितलाई प्रशस्त झोलिलो पदार्थ खान दिनुपर्दछ। एसिडले पोलेको छ भने स्लाइन पानी वा सफा पानीले घाउ सफा गरी तत्काल अस्पताल लानुपर्दछ।
– पोलेको घाउमा घिउकुमारीको गुदि लगाएमा धेरै हदसम्म यो निको हुन्छ, तर कुनै पनि वस्तु, आगो, तातो पानी वा एसिडले पोलेमा वा अवस्था अनुसार सकेसम्म अस्पताल गई उपचार गराउनु पर्दछ। अन्यथा सानो हेलचेक्र्याईकाे कारण पोलेको घाउले गम्भीर समस्या निम्याउन सक्छ।