काठमाडौं– बालबालिकाहरुमा कुपोषण हुने तथा विभिन्न किसिमका रोग तथा संक्रमणको जोखिम हुने गर्छ। शरीरको तौल कम हुने, छाला खुम्चिएर चाउरी पर्ने हुन्छ।
कुपोषण भएको बालकालिकालाई झाडापखला लाग्ने गर्छ। पोषण तत्व भएका खानेकुरा धेरै खुवाउदा बालबालिकाको स्वास्थ्यमा असर र्पुयाउँछ। शरीरलाई आवश्यक पर्ने पोषक तत्व बढी भएमा शरीरमा विभिन्न किसिमका विकृतिहरु पैदा हुन्छ।
बालबालिकालाई अधिक पोषणले हुने स्वास्थ्य समस्याहरुः
१.मोटोपना
धेरै पोषणतत्व भएको खाना खुवाउँदा बालबालिकामा मोटोपनाको समस्या देखिन्छ। बाल्यकालदेखि नै मोटोपनाको समस्या भएमा विभिन्न किसिमका रोगहरुको जोखिम उच्च हुन्छ।
२.मुटुरोग
बालबालिकालाई पोषण तत्व बढी भएमा मुटुरोगको जोखिम उच्च हुन्छ।उनीहरुको उमेर अनुसार आवश्यक पर्ने मात्रा खाना खुवाउनुपर्छ।
३.रक्तचाप
बलबालिकालाई अधिक पोषणले उच्च रक्तचापको समस्या देखिन्छ।
४.मधुमेह
शरीरलाई आवश्यक पर्ने भन्दा बढी पोषण तत्व भएमा मधुमेहको समस्या बाल्यकालदेखि नै देखिन सक्ने सम्भावना अधिक हुन्छ।
५.जोर्नी तथा पिठ्यु दुख्ने
बालबालिकाको शरीरमा अनावश्यक मांशपेसीको मात्र बढ्छ। शरीरमा हड्डीको विकास उमेर अनुसार नै भइरहेको हुन्छ।
६. हाड जोर्नी
बलबालिकामा अधिक पोषणले गर्दा मोटा हुन्छन्।जसले गर्दा बालबालिकामा हाडजोर्नीको समस्या देखिन सक्छ।
७.पाचनप्रणाली र पित्तथैली सम्बन्धी समस्या
अधिक पोषणले पनि बालबालिकाको पित्तथैली र पाचन प्रणालीमा समस्या ल्याउँछ।