नेपाल सरकारको निर्देशनअनुसार बन्द गरिएका भारतीय च्यानलहरु पुनः सञ्चालनमा आएका छन् । ग्राहकको दबाब थेग्न नसकेकाले आजतक, जी न्युज, इन्डिया टुडे, एबिपी, जिकालगायतका च्यानल पुनः सञ्चालनमा ल्याइएको हाे ।
म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानलबाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय भएकाे जानकारी दिए ।
नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे अतिरञ्जजित समाचार प्रसारण भएको भन्दै नेपाल सरकारले भारतीय च्यानलहरु बन्द गर्न अनौपचारिक निर्देशन दिएको थियो ।