भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालमा अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको छ। पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्ने प्रयासको पश्चात झडप भएको हो। प्रहरीले झडपलाई नियन्त्रणमा लिएको थियो।
अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरेको आरोप लागेको छ।
अस्पतालमा अनियमितता भएको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरिएको थियो। तर पुरानो व्यवस्थापन समिति र प्रमुख राजनीतिक दल नेकपा र कांग्रेसले भने विरोध जनाउँदै आएको छ।
अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको आरोप लगाउँदै आएको छ।