बागलुङ - बलेवा समाज अमेरिकाको सहयोग र सहयात्रा फाउण्डेशन बागलुङको आयोजनामा जिल्लाको बलेवा क्षेत्रका हरेक गाउँमा स्टेचर वितरण गरिएको छ। शनिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एक कार्यक्रमको आयोजना गरी बलेवा क्षेत्रका साविकका सबै वडाका लागि स्टेचर वितरण गरिएको हो।
नेपाल विद्यार्थी संघका निर्वतमान उपाध्यक्ष डिल्लीराम सुवेदीको विशेष संयोजनमा हरेक गाउँ र टोललाई पुग्ने गरी स्टेचर वितरण गरिएको हो। स्टेचर वितरण कार्यक्रममा सुवेदीले स्वस्थ्य समाज निर्माणका निम्ति यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले आफ्नो जन्मभूमि र समाजप्रति विदेशमा रहेर पनि उत्तरदायी बनेकोमा बलेवा समाज अमेरिकाप्रति धन्यवाद प्रकट गरेका छन्।
बलेवा क्षेत्रका साविकका २७ वडामा ३० स्टेचर वितरण गरिएको थियो। जस्का लागि बलेवा समाज अमेरिकाबाट १५ सय अमेरीकी डलर सहयोग प्राप्त भएको कार्यक्रम संयोजक बालकृष्ण शर्माले जानकारी दिएका छन्।
रासस