काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शनिबार हुने स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित भएको छ। शुक्रबार हुने प्रवेश परीक्षा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा स्थगित गरिएको हो।
न्याम्सका एक पदाधिकारीको अनुसार प्रवेश परीक्षाका लागि फारम भरेका धेरै विद्यार्थीहरु सनिबारसम्म काठमाडौं आइपुग्न नसक्ने भन्दै विद्यार्थीहरुले नै मन्त्री यादवलाई ध्यानाकर्षण गराएपछि स्वास्थ्यमन्त्रीले परीक्षा रोक्न पत्राचार गरेको हो।
न्याम्सले शनिबार दिउँसो १ देखि ३ बजेसम्म एमडी, एमएस र एमडीएसको प्रवेश परीक्षा तोकेको थियो। केही विद्यार्थीहरु परीक्षा स्थगित भएपछि आक्रोश पोख्दै मन्त्रालय घेर्न पुगेका थिए।