एजेन्सी – के तपाईले कुनै मानिसको सिंङ देख्नुभएको छ? सिंङ केही जिवजन्तुहरुको मात्र हुन्छ। तर, भारतको मध्ये प्रदेशको सागर जिल्लामा रहेको रहली गाँउमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउको सिंङ पलाएको थियो। कुनै जनावरको सिंग झै बलियो र कडा श्यामलालको सिंङ चार इञ्च भन्दा ठूलो थियो।
श्यामलालका अनुसार ५ बर्ष पहिले टाउकोमा चोट लागेसंगै पलाउन शुरु गरेको सिंङ विस्तारै ठूलो हुँदै गएको थियो। टाउको सिंङ पलाएसँगै श्यामलाल शुरुवातमा निकै डराएका थिए। उनले पलाएको सिंङ काट्ने निकै प्रयास गरे तर काट्दा पनि केही समयमा सिंग पलाएर आइहाल्थ्यो।
सिंङ काट्दा पनि नजाने तथा बढ्दै गएपछि श्यामलालले केही वर्ष निकै कष्टपूर्ण जीवन भोग्नुपर्यो। उनी सिंङ पलाउने समस्या लिएर चिकित्सककोमा समेत पुगे। तर उनको टाउको सिंङ देख्ने बित्तिकै धेरै चिकित्सक डराए र उपचार गर्न नसक्ने बताए। केही चिकित्सकले भने सिंङ हटाउन निकै महंगो शुल्क लाग्ने बताए।
श्यामलालसँग पर्याप्त रकम नभएका कारणले उनले सिंङ पलाउने समस्या सहनुपर्यो। तर श्यामलालको समस्या थाहा पाएपछि सागर शहरको भाग्योदय नामक अस्पतालका चिकित्सकले उनको सिंग अप्रेसनको माध्यमबाट हटाउन सकिने बताए।
केही दिन अघि सोही अस्पतालका चिकित्सकको टोलीले उनको सिंङको अप्रेसन गरी त्यसलाई जरैबाट हटाइदिए। अप्रेसनमा संलग्न चिकित्सकका अनुसार श्यामलालको समस्या दुर्लभ प्रकारको सेबेसियस हर्न नामक बिरामीले गर्दा भएको हो। मानिसको टाउकोमा सेबेसियस ग्ल्याडबाट निस्कने तथा ठुलो हुने गर्दछ।
श्यामलालको टाउकोमा लागेको चोटका कारणले उनको सो ग्ल्याड बन्द भई निस्कनु पर्ने द्रब्य निस्किन पाएन, र सोहि द्रब्य जम्मा भई सिंगको रुप धारण गरेको चिकित्सकले बताएका छन्। अप्रेसनपछि श्यामलाल यादब बिना सिंगको जीवनयापन गरीरहेका छन्।