जाजरकोट– भाइरल ज्वरोका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ।
तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो। नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ उपचारमा समस्या भएको प्रधानाध्यापक कमल बोहाराले चिसोको कारण उपचारमा कठिन भएको बताए।
नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले तुरुन्तै स्वास्थ्यकर्मी परिचालन गरिने बताए। गाउँमा धेरै मान्छे बिरामी भएका कारण उपचारमा लैजान नसकिएको स्थानीयवासी कर्णबहादुर पुनको जानकारी दिए।