काठमाडौँ, ७ माघ – चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्न दवाव दिने उद्देश्यले देशैभरि प्रदर्शन भइरहेको छ।
सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्ससहित विभिन्न सामाजिक संघ–संस्थाको अगुवाईमा दवावमूलक अभियान तथा प्रदर्शनहरु भइरहेका छन्।
यसैक्रममा केसी अलायन्सले काठमाडौँको बानेश्वरमा प्रदर्शन भएको छ। सोमबार साँझ दवावमूलक प्रदर्शन र मैनबत्ती प्रज्वलन गरेको छ।
सहभागीले नैतिकवान सरकारको खोजी, नागरिकमुखी सरकारको खोजी, समाजवादको खोजी, न्यायको खोजी आदि नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका सहभागीले तत्कालै डा. केसीले उठाएका माग पूरा गर्न सुझाएका थिए।
डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ सत्याग्रहका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्नेसहितका ६ बुँदे माग राखेर पुस २५ गतेदखि आमरण अनशनमा बसिरहेका छन्।