डोटी–डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो।
अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। उक्त समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ। शो समाचार शिवराज भट्टले लेखेका हुन्।