बारा – जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ। औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन्। औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ।
अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन्। जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ। सेवा नै बन्द गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रेमचन्द्र चौरसियाले बताए।
यसअघि दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका थिए। अहिले सेवाग्राहीको सङ्ख्या घटेको छ, उनले भने। चिकित्सक नहुँदा सुत्केरी सबैभन्दा बढी प्रभावित छन्। उनीहरु निजी क्लिनिक तथा अन्य अस्पताल धाउन बाध्य छन्। (रासस)