काठमाडौं – नेत्ररोग विशेषज्ञ प्राध्यापक डा. सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ। नर्भिक अस्पतालका एक चिकित्सकका अनुसार रुइतलाइ डेंगुको संक्रमणले भर्ना गरिएको छ। साथै घरैमा उनी सहित परिवारका तीन जनालाई समेत डेंगुको संक्रमण भएको जनाइएको छ।
यस अघि सरुवा अस्पतालमा समेत दुइ चिकित्सक सहित १३ जनालाइ डेंगु लागेको थियो।सरकारको तथ्यांक अनुसार सात हजार जनालाइ डेंगु संक्रमण भइसकेको छ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु ज्वरो कारण अहिले सम्म ४ जनाको ज्यान गइसकेकोे छ। मन्त्रालयले डेंगुबाट जोगिन आ–आफ्नो घरको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।