काठमाडौं– ग्राण्डी अस्पतालमा कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई औषधी उपचारको लागी भर्ना गरिएको छ। मन्त्री खनाललाइ डेंगु संक्रमणका कारण एक्कासी ज्वरो बढेपछि बुधबारबाट अस्पताल भर्ना गरिएको खबर सचिवालयले जनाएको छ।
मंगलबारबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि मन्त्री खनाल उपाचारका लागी अस्पताल पुगेका हुन्।। डेंगु संक्रमण भएको हुनाले बुधबार नै मन्त्री खनाललाइ टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो।
मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेको र थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएको खबर बताए। त्यस्तै मन्त्री खनालको अवस्थामा सुधार आएकोे जानकारी पनि दिए।