काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो।
प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन पुनः सिंगापुर प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, क्याबिनेट डाक्टर दिव्या सिंह शाह र स्वकीय सचिव राजेश बज्राचार्य रहेका छन्।
ओलीको उपचार खर्च सरकारबाट नव्यहोरिने र निजी खर्चमै सबै उपचार गरिने सचिवालयले जनाएको छ। यसपालिको उपचारका लागि ८ देखि १० दिन लाग्ने भनिएता पनि फर्किने मिति भने तय भएको छैन।